सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको आर्दश गाउँपालिका २ मा नेकपाका रामबहादुर बोहरा विजयी

२०७६ मंसिर १४, १०:३२ खबर संवाददाता

डोटी: डोटीको आर्दश गाउँपालिका २ मा नेकपाका रामबहादुर बोहरा विजयी भएका छन्। उनी  ६ सय ६८ ल्याएर विजयी भएका हुन। उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका महादेव साउँदले ६ सय ५६ मत प्राप्त गरेका छन्।

त्यस्तै राप्रपाका कासिराम ओझाले १५ र स्वतन्त्र उम्मेदवार भूमिसिहं खड्काले १ सय ९१ मत प्राप्त गरेका छन्।  आज भएको मतदानमा १५९० मत खसेको मुख्य निर्वाचन अधिकृत दलबहादुर मलासी जानकारी दिए। जसमध्ये ६० मत बदर भएको उनले बताए । 

तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको २०७५ जेठ १५ गते सवारी दुर्घटनामा परी मुत्यु भएपछि उक्त पद रिक्त रहेको थियो।

 

कमेन्ट लोड गर्नुस