भारतीय एसएसबीद्वारा नेपालीमाथी कुटपीट (भिडियो सहित)
नेपाल भारत जोड्ने दार्चुला र धारचुलाको सीमा पूल नजिकै एक जना नेपाली कुटिएका छन्। बुधबार बेलुकी सवा सात बजे धारचुलाबाट नेपाल आउँदै गरेका महाकाली नगरपालिका १ छापरी मलेराका ५२ वर्षीय नन्दराम लोहार भारतीय एसएसबीबाट कुटिएका हुन्। भारतमा मजदुरी गर्न गएका लोहार घर फर्किने क्रममा पुल घाटको चेक पोष्टमा कुटिएका हुन। भारतीय एसएसबीका हवल्दार इन्द्रसिंहले लोहारलाई निर्घात कुटपीट गरेका हुन।
नेपाल भारत जोड्ने पूल बेलुकी ७ः १५ बजे बन्द हुने गर्छ्। पूल बन्द भइसकेपछि धारचुलाबाट नेपाल आउने झण्डै ५० बढि स्थानीय धारचुलामा रोकिएका थिए। उनीहरुले पुल खोल्न माग गरेका दुहु गाउँपालिका २ का स्थानीय जमनसिह बडालले बताएर्। हामी कोहि लेकतिरबाट र कोहि धारचुला बजारबाट साग सब्जी लिएर फर्किने बेला पूल बन्द भयो, पुल खोल्न माग गर्ने लोहारमाथि एकाएक एसएसबीका हवल्दार सिंहले निर्घात कुटे। धेरै नेपाली भएपनि भारतीय एसएसबी सामु केहि भन्न सकिने अवस्था रहेन उनले भने।’ ती बुढाको केहि दोष छैन्, अर्का स्थानीय नारा धामीले भनिन्, हामी सबैको सामु कुटपिट गरेका हुन्। झन बुढा मान्छे सडकमै पल्टीएर सुतेका थिए।
आफुले केहि नबोले पनि एसएसबीले कुटपीट गरेको लोहारले बताए। कुटपीटको बारेमा नेपाल प्रहरीका डिएसपी नवराज अधिकारी र सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म दार्चुलाका डिएसपी अम्बिका प्रसाद जोशीले भारतीय एसएसबीका कमान्डर जोदसिह लाई राती नै जिल्ला प्रहरी कार्यालयमा बोलाएर घट्नाको कारणबारे सोधपुछ गरेका छन्। जिल्ला प्रहरी प्रमुख डिएसपी अधिकारीले प्रहरीले अनुशासन भएर बस्नुपर्ने बताउनुभयो। नेपाल भारतका जनता जो कुटिएपनि सह्य हुन्न ?
ड्युटीमा बसेका एसएसबीलाई सामान्य नागरिकलाई कुटपीट गर्दा यसको असर नराम्रो हुनेतर्फ सचेत हुनुपर्ने उनको भनाई थियो। भारतीय एसएसबीका इन्सपेक्टर सिंहले गल्ती गर्ने हवल्दारलाइ कानुनी कार्वाही गर्ने बताए। घट्नाको बारेमा पूरै बुझेर कार्वाही गर्छु उनले भने। यसैबीच घट्नामा पीडित लोहारको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। उनको अनुहार र टाउँकोमा चोट लागेको छ।