सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको चुरेमा प्रहरीद्धारा बाल विवाह न्यूनीकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम

२०७६ मंसिर ८, ०८:०० खबर संवाददाता

कैलालीको चुरेमा प्रहरीले बाल विवाह न्यूनीकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ।  चुरे गाउँपालिका वडा नम्बर ६ को गजारमा बाल विवाहका घटनाहरु बढ्न थालेपछि जनचेतना मुलक कार्यक्रम गरिएको ईलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख प्रहरी निरिक्षक माधव विश्वकर्माले जानकारी दिए।

पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र फोनको गलत प्रयोगका कारण बाल विवाह गर्ने क्रम बढेको भन्दै जनचेतना मुलक अभियान चलाईएको उनले बताए। बालबालिका र अभिभावकहरुलाई वाल विवाह सम्बन्धी कानून र सामाजिक वेफाईदा बारे जानकारी दिदै सचेत गाईएको विश्वकर्माले बताए।  प्रहरीले चुरेका विद्यालय स्तरमा पनि उक्त अभियान सञ्चालन तयारी थालेको विश्वकर्माले जानकारी दिए।  

कमेन्ट लोड गर्नुस