औषधी व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी
२०७६ मंसिर ७, ०६:५१
औषधी व्यवसायी संघ कैलालीकोे अध्यक्षमा जनकराज जोशी निर्वाचित भएका छन्। आज धनगढीमा सम्पन्न भएको प्रथम जिल्ला अधिवेसनबाट जोशी अध्यक्षमा निर्वाचित भएका हुन्। यस्तै उपाध्यक्षमा प्रेमराज विसी, कोषाध्यक्षमा रमेश पाण्डेय, सचिवमा चन्द्रिका प्रसाद चौधरी, सह कोषाध्यक्षमा द्धारिका चौधरी चयन भएका छन्। सदस्यमा खेमराज भट्ट, चन्द्र बहादुर रावल र ठाकुरप्रसाद चौधरी चयन भइको औषधी व्यवसायी संघ कैलालीका अध्यक्ष जोशीले जानकारी दिए।
कमेन्ट लोड गर्नुस