सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा रसायनिक मलको बढ्दो प्रयोगले माटोको उर्वराशक्तिमा ह्रास आउँदै

२०७६ मंसिर ७, ०४:५३ कमल सावद

सुदूरपश्चिममा रसायनिक मलको बढ्दो प्रयोगका कारण माटोको उर्वराशक्तिमा ह्रास आउन थालेको छ। किसानहरुले वर्षेनी हरेक बालिनालीमा अत्याधिक रसायनिक मलको प्रयोग गर्न थालेपछि माटोको उर्वराशक्तिमा ह्रास आउन थालेको हो।

उर्वराशक्तिमा ह्रास आएपछि एकातीर उत्पादन घट्दै जान थालेको छ भने अर्कोतीर मानव स्वास्थ्यमा समेत गम्भीर असर परिरहेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। रसायनिक मलको विकल्पमा प्राङगारिक मललाई बढावा दिनुपर्ने सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषी निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताए। 

प्रांगारिक मलको प्रयोगबाट उत्पादित अर्गानिक उत्पादन बजारमा आए उपभोक्ताको स्वास्थ्यका  लागि पनि उपयुक्त हुने भन्दै प्रांगारिक मलको प्रयोगमा वृद्धि गर्न उनले किसानहरुलाई आग्रह गरेका छन्। सुदूरपश्चिम प्रदेशमा प्रत्येक वर्ष रसायीिक मलको अभाव हुँदै आएको र रसायनिक मलले जमिनको उर्भरा शक्तिमा पनि ह्रास ल्याएको भन्दै किसानहरुलाई जैविक मलको प्रयोग गर्न विज्ञहरुले सुझाएका छन्। ‘रसायनीक मलको प्रयोगबाट उत्पादन भएको तरकारी तथा खाद्यान्न मानव स्वास्थ्यका छैन’ निर्देशक जोशीले भने ‘त्यसरी माटोको शक्तिमा पनि क्षयीकरण ल्याउने गर्दछ।’ 

घरमा उत्पादन गर्न सकिने गोठे मल, कम्पोष्ट तथा गाईबस्तुको गोबरबाट उत्पादन भएको मल पनि प्रांगारिक मलको रुपमा प्रयोग गर्न सकिन्छ। रसायनिक मलले माटाको उत्पादन क्षमता घट्दै गएका बेला प्राङगारिक मलको प्रयोग बढाउन सके सबै दृष्टिकोणबाट उचित हुने कृषि धनगढी उप–महानगरपालिकाका कृषि विकास अधिकृत लोकराज उपाध्यायले बताए।

‘रसायनीक मलका कारण जमिनको अवस्था प्रत्येक वर्ष कम्जोर हुँदै गएको छ।’ उनले भने, ‘किसानले जैविक र प्रांगारिक मलको प्रयोग गर्न आवश्यक छ। जैविक मलको प्रयोगबाट उत्पादन भएको कृषि उत्पादनले मानिसको स्वास्थ्यका लागि पनि राम्रो हुन्छ।’

सुदूर पहाडमा रसायनिक मलको अत्याधिक प्रयोग नभएपनि तराईका जिल्लामा वद्धि हुदै गएकाले उत्पादनमा ह्रास आउँदै छ। रसायनीक मलको प्रयोगमा वृद्धि हुदैगए जमिन एक पटक बाजो हुने अवस्थाको सृजना हँुदै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ। विकसीत मुलुकमा खाद्यान्नका कारण बिरामीको संख्या वृद्धि भएकाले उत्पादनमा जैविकता आवश्यक देखिएको भन्दै जैविक मलको प्रयोगमा जोड दिइएको छ।

घरमा उत्पादन भएको गोबरमल एक हजार किलोग्राम प्रति रोपनी तथा कम्पनीबाट उत्पाद भएको जैविक मलको क्षमता अनुसार प्रयोग गर्न कृषि निर्देशनालयका निर्देशक जोशीको सुझाव छ। किसानले जैविक उत्पादनको मुल्य र उपभोक्तालाई गर्ने लाभका विषयमा जानकारी दिन आवश्यक छ। जैविक विषादी र मल प्रयोग गरेपछि किसानको अर्गानिक उत्पादनले बजार पाउने विश्वास गरिएको छ। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस