सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेल्प फर ह्याप्पीनेसकी सदस्य भण्डारीको जन्मोत्सव असहायसँग

२०७६ मंसिर ७, ०१:१२ खबर संवाददाता

सामाजिक कार्यमा सक्रिय युवाहरुको समूह  हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिम तथा आपतकालीन असहाय सहयोग कोषकी सदस्य लक्ष्मी भण्डारीको जन्मोत्सव मनाईएको छ। भण्डारीको जन्मोत्सव आज धनगढी स्थित दृष्टि फाउण्डेसनमा आश्रित असहाय एवंम् मनोरोगीहरुसँग मनाईएको हो।

जन्म दिनको अवसरमा दृष्टि फाउण्डेसनमा आश्रित असहाय तथा मनोरोगीलाई सहयोगार्थ खाद्यान्न लगायत दैनिक आवश्यकताका सामान समेत हस्तान्तरण गरिएको छ। चामल, दाल, तेल, साबुन, चिउरा, सुजी लगायतका समाग्री हस्तान्तरण गरिएको हेल्प फर ह्पाप्पीनेसले जनाएको छ।

 जन्मोत्सव कार्यक्रममा हेल्प फर ह्यप्पिनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारी, उप–संयोजक पुजा लामा, आपतकालीन असहाय कोष कमिटी  संयोजक केशव पौडेल, आपतकालीन असहाय सहयोग कोषका सदस्य एवंम् दृष्टि विशेषज्ञ डा.युवराज जोशी, सदस्य सुप्रिया गुरुङ्ग, लक्ष्मी अवस्थी, कस्मिर साउँद, मनु जोशी, सिर्जना जोशी, केपी पनेरु, राकेश कठरिया, आशिष केसी, सन्तोश मगर, विवेक जोशी लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रममा दृष्टिफाउण्डेसनका तर्फबाट बोल्दै व्यवस्थापक चन्द्रा तिरुवाले हेल्प फोर ह्याप्पीनेस टिमलाई धन्यावाद दिदै अगामी दिनमा पनि सहयोगको अपेक्षा गरिन्। यस्तै टिम सुदूरपश्चिमका संयोजक भण्डारीले पनि मानविय सेवा र सहयोगका लागि नै संस्था स्थापना गरिएको भन्दै सहयोगको प्रतिबद्धता दोहो¥याएका थिए। 

 

 

कमेन्ट लोड गर्नुस