सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सशस्त्र प्रहरीद्धारा ट्रयाक्टर ट्रली सहित झण्डै नौ लाखको सामान बरामद

२०७६ मंसिर ६, ०७:१४ खबर संवाददाता

धनगढी: धनगढीबाट सशस्त्र प्रहरीले ट्रयाक्टरको ट्रली सहित वेवारिसे अवस्थामा रहेको ८ लाख ५२ हजार ४ सय २०  रुपैयाँ बराबरका सामान बरामद गरेको छ। सशस्त्र प्रहरीले उपमहानगरपालिकाको वडा नम्बर २ भन्सार रोडबाट वेवारिसे अवस्थमा रहेको से १ त ६१२४ नम्बरको ट्रयाक्टरको ट्रली सहितका सामान बरामद गरेको हो।

सशस्त्र प्रहरी नायब उपरिक्षक भोला प्रसाद कुशवाहाको टोलीले सो समान बरामद गरेको हो।  ट्रयाक्टरको ट्रलीबाट कार्पेट, डिनर प्लेट, टेण्ट पाइप लगायतका साम्रगी बरामद गरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ हेटक्वाटरले जनाएको छ। बरामद गरिएका सामान कैलाली भन्सार कार्यालयमा बुझाइएको छ।

कमेन्ट लोड गर्नुस