सडक दुर्घटना न्यूनिकरण गर्न चालक र सहचालकहरुको स्वास्थ्य परीक्षण
धनगढी: कैलालीको धनगढीमा ट्राफिक प्रहरीद्धारा चालक र सहचालकहरूको स्वास्थ्य परीक्षण गरिएको छ। सडक दुर्घटना न्यूनिकरण गर्न उनिहरुको स्वास्थ्य परीक्षण गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले धनगढीको बसपार्कमै शिविर राखेर सवारी चालक र सह चालकहरूको स्वास्थ्य परीक्षण गरेको हो। सवारी चालकहरूमा हुने समस्याहरूले दुर्घटना बढेको भन्दै सेती प्रादेशिक अस्पताल र गेटा आँखा अस्पतालको सहकार्यमा ट्राफिक प्रहरीले स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ।
ट्राफिक प्रहरीले सम्पन्न गरेको शिविरमा ७३ जनाको ब्लड प्रेसर र ६१ जनाको आँखा चेक जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक सरोज ठकुराठीले जानकारी दिए। चालक र सहचालहरुको लागि आयोजना गरिएको शिविरमा यात्रुहरूले पनि लाभ लिएको उनले बताए।