सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा श्रीमतीलाई कुटपिट गर्नेे पक्राउ

२०७६ मंसिर ६, ०५:०८

कैलाली: कैलालीमा आफ्नै श्रीमतीलाई यातना दिने श्रीमान पक्राउ परेका छन्। जिल्लाको चुरे गाउँपालिका–३ सहजपुरका चक्र बोहरा आफ्नै श्रीमतीलाई बारम्बार शारीरिक तथा मानसिक यातना दिएको आरोपमा पक्राउ परेका हुन।  

बोहरालाई श्रीमती कुटपिटगरी घरबाटै निकाल्न खोजेको उजुरीका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख प्रहरी निरिक्षक माधव विश्वकर्माले बताए। 

आरोपित चक्र बोहरालाई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको उनले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस