सुदूर नेपाललाई विश्वसँग जोड्दै

खानेपानी सुविधा दिन सरकार प्रतिबद्ध छः मन्त्री बोहरा

२०७६ मंसिर ५, १०:०४ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले खानेपानीका पुराना योजना सम्पन्न गरी नागरिकलाई खानेपानी सुविधा दिन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

धनगढीमा आज खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले गरेको कार्यक्रममा उनले जनतालाई सहजरुपमा खानेपानी  उपलब्ध गराउन आवश्यकताअनुसार ऐन तर्जुमा गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

मन्त्री बाहेराले संघीय सरकारद्वारा प्रदेश सरकारलाई हस्तान्तरण गरिएका १०० भन्दा बढी खानेपानी योजना अलपत्र परेकाले ती योजना समयमै निर्माण गरिने बताए। उनले दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्ममा आधारभूत खानेपानी र सरसफाइ तथा चर्पीमा शतप्रतिशत, सुधारिएको खानेपानीमा ९० प्रतिशत र प्रशोधनसहितको ढल प्रणालीमा ५० प्रतिशत पहुँच पु¥याउने प्रदेश सरकारको लक्ष्य रहेको जानकारी दिए।

सुदूरपश्चिममा संघीय सरकारले प्रदेश सरकारलाई ५८१ खानेपानी आयोजना हस्तान्तरण गरेको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीले १५८, डोटीले १६१, डडेल्धुराले ९७ र १६५ वटा सङ्घीय सरकारका सशर्त योजना कार्यान्वयन गरिरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीका प्रमुख मोहन कुँवरले जानकारी दिए।

सो अवसरमा कानूनविद् काशीराज दाहालले सङ्घ, प्रदेश र स्थानीय सरकारको खानेपानीसम्बन्धी अधिकार कानूनमै व्यवस्था गरिनुपर्ने बताए। –रासस
 

कमेन्ट लोड गर्नुस