सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

फाईल फोटो
फाईल फोटो । फोटो स्रोत ।
२०७६ मंसिर ५, ०२:२० खबर संवाददाता

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान सङ्खुवासभाको चिचिला गाउँपालिका– १ मा ट्याक्टर दुर्घटना हुँदा भोटखोला गाउँपालिका–५ का २२ वर्षीय चालक मनोज तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

सदरमुकाम खाँदबारीबाट सामान लिएर मकालुको नुम तर्फ गइरहेको ग १ त ४१६४ नम्बरको ट्याक्टर कुवापानीमा अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको र घटनास्थलमै चालक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईले बताए। तामाङको शब परीक्षण गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ। रासस
 

कमेन्ट लोड गर्नुस