कैलालीमा छतबाट खसेर राष्ट्रिय वाणिज्य बैँकका कर्मचारीको मृत्यु
कैलालीमा राष्ट्रिय वाणिज्य बैँकको छतबाट खसेर एकजनाको मृत्यु भएको छ। जिल्लाको लम्कीमा रहेको राष्ट्रिय वाणिज्य बैँकको शाखा कार्यालयको दोस्रो तलाबाट खसेर दार्चुलाको मालिकार्जुन गाउँपालिकाका ४६ वर्षीय दयाकृष्ण पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक ज्ञानेन्द्र चन्दले बैँकमा कार्यालय सहयोगी पदमा कार्यरत पन्तको छतबाट खसेर उपचारका क्रममा मृत्यु भएको बताए।
चन्दका अनुसार गएराती नौ बजेतीर छतबाट खसेका पन्तको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको हो। पन्तको शव परिक्षण पछि आफन्तको जिम्मा लगाईने प्रहरीले जनाएको छ।