सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरपालिका–१४ को वडा कार्यालयमा तालाबन्दी

२०७६ कार्तिक २९, ११:२४ खबर संवाददाता

धनगढी उप–महानगरपालिका वडा नम्वर १४ को कार्यालयमा तालाबन्दी गरिएको छ। वडा स्वास्थ्य चौकीको निर्माणस्थलका विषयमा विवाद हुँदा वडा कार्यालयमा तालाबन्दी गरिएको हो। वडा कार्यालयले वडा नम्वर १४ को सि गाउँ स्थित राम मन्दिर नजिक स्वास्थ्य चौकी निर्माणको प्रक्रिया अगाडी बढाएपछि एच गाउँका स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।

उनीहरुले प्रसुती गृह पनि एच गाउँमै भएकोले सोही स्थानमा स्वास्थ्य चौकी निर्माण गर्नुपर्ने माग राखेका छन्। यता वडा नम्वर १४ का वडा अध्यक्ष रामबजारी चौधरीले भने सि गाउँमा स्वास्थ्य चौकी निर्माण गर्ने निर्णय भईसकेकोले सोही स्थानमा निर्माण गरिने बताए।

वडा कार्यालयको भवन पनि सोही स्थानमा निर्माण हुने भएकोले स्वास्थ्य चौकी पनि सि गाउँमै उपयुक्त भएको उनको दावी छ। उनले अहिले स्थानीयसंग छलफल भईरहेकाले समस्या समाधान हुने बताए। 
 

कमेन्ट लोड गर्नुस