सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिउ वितरक संस्थाबाट ठगिएको कैलालीका केरा किसानको गुनासो

२०७६ कार्तिक २९, ११:१६

भुवन भट्ट –कैलालीको घोडाघोडी नगरपालिका १० का केरा किसान बेझुराम चौधरीले आठ महिना पहिले राम्रो जातको बिउ भनेपछि सगरमाथा एग्रो फोरेष्टीबाट खरिद गरी १५ कठ्ठामा केरा लगाएका छन्।

झण्डै अढाई लाखको लगानी लगाएर १५ कठ्ठामा लगाईएको आठ महिना हुँदा समेत केरामा अहिले सम्म फल लागेको छैन्। केरा नफलेपछि विउ वितरक संस्थाले झुठा आश्वासन दिएर ठगी गरेको भन्दै चौधरीको गुनासो छ।

कैलारी गाउँपालिकाको कुहिरो, बहुलीयाका किसानले पनि सोही एगा्रेभेटबाट जिनाईन प्रजातीको बोटका केरामा फल नलागेको गुनासो गरेका छन्। बालबिकास आधारभुत विद्यालयबाट जमिन लिजमा लिएका चौधरीले मनग्य आम्दानी गरी विद्यालयको आय आर्जनमा समेत बृद्धि हुने अपेक्षा गरिएको थियो।

केरा खेतीको सुरुमा नै प्राविधिक त्रुटी गरिएको विद्यालयको ठहर छ। तर एग्रोभेटका कर्मचारीले भने केरा लगाईएको स्थानको एक पटक पनि निरिक्षण नगरिएको बाल विकास आधारभुत विद्यालयका तत्कालीन प्रधानाध्यापक विरबहादुर कठायतले गुनासो गरे।

कर्मचारी परीर्वतन भईरहदा किसानले लगाएका खेतीको फोरेष्टीले निरिक्षणमा चासो समेत नदिएको उनले आरोप लगाए। सरगरमाथा एग्रो फोरेष्टीले पनि प्राविधीक त्रुटि भएको स्वीकार गरेको छ।

उक्त ठाउँमा प्राविकको अभावले निरिक्षण गर्न नसकेको फोरेष्टीको दावी छ। समान्यतया नौ महिना भनिएपनि फल लाग्नमा एक दुई महिना पर धकेलिन सक्ने फोरेस्टीको धारणा रहेको छ।

क्षतीका आधारमा क्षतीपुर्ती दिईने सगरमाथा एग्रो फोरेष्टीका सम्पर्क व्यक्ति नविन बोहराले बताए। 

कमेन्ट लोड गर्नुस