सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुईवटा नागरिकता र ठगी मुद्दामा पक्राउ परेका धनगढीका सिंह धरौटीमा छुटे

२०७६ कार्तिक २७, ०७:२१ खबर संवाददाता

दुई नगरिकता लिएको र ठगी मुद्धामा पक्राउ परेका धनगढीका सुमित सिंह धरौटीमा छुटेका छन्। जिल्ला प्रहरी कार्यालयले ठगी आरोपमा गत असोज २९ गते पक्राउ गरेका सिंह आज दुई लाख ५० हजार धरौटी बुझाएर छुटेका हुन्।

कैलाली जिल्ला अदालतमा आज भएको थुनछेक बहस पछि ठगी मुद्दामा ५० हजार र दुई नागरिता लिएको मुद्दामा दुई लाख धरौटी माग भएको थियो। सिहले आजै धरौटी बुझाएर रिहा भएको अदालतले जनाएको छ। 

सिंहले जिल्ला प्रशासन कार्यालय कैलालीबाट सुुमित सिंह र कञ्चनपुरबाट अमित प्रताप सिंहको नामबाट दुईवटा नागरिकता लिएको प्रहरीले जनाएको छ।  

सिंहसँगै ठगी मुद्दामा पक्राउ परेका अन्य तीन जना पनि धरौटीमा छुटेका छन्।  उप–महानगरपालिकाको वडा नम्वर २ का २९ बर्षीय सुमन शर्मा, धनगढी उप–महानगरपालिका वडा नम्वर ३ बस्ने विनोद शर्मा र वडा नम्वर १ बस्ने २१ बर्षीय हरिस कवाडी पनि ५०–५० हजार धरौटी बुझाएर छुटेको अदालतले जनाएको छ।

उनीहरुलाई प्रहरीले भारतबाट माछा तस्करी गर्नेलाई छुटाईदिने भन्दै पक्राउ गरेको थियो। भारतबाट अवैध रुपमा माछा ल्याउदै गरेको अवस्थामा पक्राउ परेका भारतीय नागरिक अकवर आली र मोहमद आलीलाई छुटाईदिने भन्दै उनीहरुले एक लाख लिएकोआरोप छ। 

कमेन्ट लोड गर्नुस