धनगढीमा मोटरसाईकल चोरी गर्ने एकजना पक्राउ
धनगढीमा मोटरसाईकल चोरी गर्ने एकजना पक्राउ परेका छन्। मोटरसाईकल चोरीमा संलग्न कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ का शुभम भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिग्क्षक दक्षकुमार बस्नेतले भट्टले चोरी गरेको धनगढी चौराहमा रहेको पल्टा क्याफेको अगाडी पार्किङ गरी राखेको वडा नम्बर ३ का गगन केसीको से ७ प ५५७ नम्बरको मोटरसाकल सहित पक्राउ गरिएको जानकारी दिए।
उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।