सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्षतीपुर्ती दिने सहमती भएपछि कैलालीमा पूर्व–पश्चिम राजमार्गको अवरोध हट्यो

२०७६ कार्तिक १६, ०६:०७ खबर संवाददाता

कैलालीमा बसको ठक्करबाट दुई बालकको मृत्यु भएपछि पटक–पटक अवरुद्ध हुँदै आएको पूर्वपश्चिम राजमार्ग आज साँझदेखि खुलेको छ। यातायता प्रालीले मृतकका परिवारलाई क्षतीपुर्ती दिने सहमती गरेपछि राजमार्ग खुलेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरिक्षक मोहन साउँदले जानकारी दिए।

शुक्रवार दुवैपक्षबिच वार्ता गर्दै विवाद टुङग्याउने सहमतीमा राजमार्ग सुचारु गरिएपनि पीडित पक्षले माग संम्वोधनमा वेवास्ता गरेको भन्दै शनिवार फेरी मध्यान्नदेखि राजमार्ग अवरुद्ध पारेका थिए। जिल्लाको बौनियाँमा बिहिबार साँझ बसको ठक्करबाट घाइते भएका बर्दगोरीया गाउँपालिका–१ का ८ वर्षको अंशु चौधरी र घोडाघोडी नगरपालिका–८ का १२ वर्षका लक्ष्मण चौधरीको उपचारका क्रममा मृत्यु भएपछि शुक्रवार पनि मृतकका आफन्तले पूर्वपश्चिम राजमार्गको बौनियाँ खण्ड अवरुद्ध पारेका थिए। आज पनि राजमार्ग अवरुद्ध पार्दै कुनै पनि सवारी साधन चल्न दिइएको थिएन्।

कमेन्ट लोड गर्नुस