धनगढीका मेयर वडका छोरालाई सुधार गृह पठाईयो
कुटपिट गरेको आरोपमा पक्राउ परेका धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर ओडका २० वर्षीय छोरा निखिललाई सुधार गृह पठाईएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले कुटपिट गरेको आरोपमा पक्राउ परेका मेयर ओडका छोरालाई बुधबार टीकापुरको शुभविहानी पुर्नस्थापना केन्द्र पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
मेयर वडाका छोराले उपमहानगरपालिका वडा नम्बर ५ मा २० वर्षकै पारस जोशीलाई ईटा प्रहार गरी घाईते बनाएपछिथियो। घाईते जोशीको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भईरहेको उनले बताए। जोशीको निधारमा चोट लागेको छ।