सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बस र जीप एकआपसमा ठोक्किदा तीन जना घाइते

२०७६ कार्तिक १४, ०४:३६ खबर संवाददाता

बैतडीमा बस र जीप एक आपसमा ठोक्किएका छन्। महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडक खण्डको दोगडाकेदार गाउँँपालिका वडा नम्बर ४ खम्तोलामा बस र जीप एक आपसमा ठोक्किएका हुन्।

दार्चुलाबाट काठमाडौका लागि छुटेको ना ६ ख १२२३ नम्बरको बस र दार्चुलातर्फ गइरहेको से १ ज २९५ नम्बरको जीप बिहीवार एक आपसमा ठोक्किदा जीपमा सवार तीन जना घाईते भएका छन्। खोचलेक प्रहरी चौकीका इञ्चार्ज, प्रहरी सहायक निरीक्षक शंकर दत्त भट्टका अनुसार घाइते हुनेमा दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ का ४२ बर्षीय रणबहादुर बम, बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ का ४२ बर्षीय गोपाल औजी र उनकी ४० बर्षीया श्रीमती तारा रहेकी छन्।

उनीहरु तीनै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। बस र जीपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साघुँरो सडक, तिब्र गति र घुम्तीमा हर्न नबजाएकाले बस र जीप एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस