कैलालीमा बञ्चरो प्रहार गरी छिमेकीको हत्या गर्ने युवक पक्राउ
कैलालीको टीकापुरमा बञ्चरो प्रहार गरी छिमेकीको हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। गत कात्तिक ११ गते लक्ष्मी पूजाका दिन टीकापुर नगरपालिका वडा नम्बर ५ मनिकापुरमा बञ्चरो प्रहार गरी छिमेकीको हत्या गर्ने ३२ वर्षीय मोतिराम चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले छिमेकी २८ वर्षीय खुसीराम चौधरीको टाउकोमा बञ्चरो प्रहार गरी फरार भएका उनलाई आज बिहान धनगढी उपमहानगरपालिका क्षेत्रबाट पक्राउ गरिएको बताए। चौधरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।