सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरीले धनगढीका सञ्जय राना सहितका चार जनामाथिको अनुसन्धान सक्यो

२०७६ कार्तिक १३, ०७:०४ खबर संवाददाता

धनगढीमा ठगी धन्दा चलाएको आरोपमा पक्राउ परेका सञ्जय राना सहित चार  जनामाथिको अनुसन्धान सकिएको छ। कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का राना सहितका चारजना माथिको अनुसन्धान सकेर सरकारी वकिललाई प्रतिवेदन पेश गर्ने तयारी गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले सम्भवः भोली जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेश गरिने जानकारी दिए। भदौ १८ गते धनगढी उप–महानगरपालिका–६ मटियारीका राना सहित सोही ठाउँका कमल बहादुर बिक, वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारी र रानाकी साली कल्पना दिवाकोटीमाथिको अनुसन्धान भने सकिएको बताए।

उनीहरुमाथि ठगी, सरकारी कागजात किर्ते, हातहतियार खरखजना र संगठीत अपराधमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको प्रहरीले सोही अनुसार मुद्दा अगाडी बढाउन माग सहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउन लागेको हो। कैलाली प्रहरीले राना पक्राउ परेको झण्डै ५८ दिनपछि भोली अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो।

यसअघि कैलाली जिल्ला अदालतबाट प्रहरीले चार पटक म्याद थप गरी उनीहरुमाथि अनुसन्धान गरेको थियो। प्रहरीले उनीहरुलाई पक्राउ गर्दै साथबाट चार थान पेस्तोल, तीन सय ७९ दशमलव ३६ ग्राम सुन, तमसुक र राष्ट्र बैंकका नक्कली कागजात बरामद गरेको थियो। तर सञ्जय रानाबाट नगद रकम भने बरामद हुन नसकेको प्रहरीले जनाएको छ।  

 

कमेन्ट लोड गर्नुस