सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा विद्युतको तार सर्ट हुँदा घरमा आगलागी

फाईल फोटो
फाईल फोटो
२०७६ कार्तिक १२, १०:४७ खबर संवाददाता

धनगढीमा विद्युतको तार सर्ट हुँदा एक स्थानीयको घरमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका  वडा नम्बर ५ जाईमा स्थानीय ३५ वर्षीया गोमा चौधरीको पक्की घरमा गएराती विद्युतको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ।

कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले आगो स्थानीयको सहयोगमा गएराती नै नियन्त्रणमा लिईएको बताए। उनका अनुसार आगलागीबाट कोठामा रहेको बेड, विस्तरा, सोफा लगायतका सामान जलेपनि धेरै ठुलो क्षती हुन नपाएको प्रहरीले जनाएको छ।  

कमेन्ट लोड गर्नुस