कैलालीमा माछा मार्ने क्रममा वेपत्ता भएका युवकको शव भेटियो
कैलालीमा माछा मार्ने क्रममा नदीमा डुबेर वेपत्ता भएका युवकको शव फेला परेको छ। आईतबार माछा मार्ने क्रममा मोहना नदीमा डुबेर वेपत्ता भएका टीकापुर नगरपालिका वडा नम्बर ९ पायलका २५ वर्षीय रामु हुड्केको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय टीकापुरका निमित्त प्रमुख प्रहरी नीरिक्षक हेमराज भट्टले आज बिहान मात्र हुड्केको शव फेला परेको जानकारी दिए। नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आईतबारदेखि नै उनको खोजी सुरु गरेका थिए। हुड्केको शव परिक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाउने तयारी भईरहेको बताए।