सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगरमा पाँच तले होटलको छतबाट खसेर एक जनाको मृत्यु

२०७६ कार्तिक १२, ०८:०२ खबर संवाददाता

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा पाँच तले होटलको छतबाट खसेर एकजनाको मृत्यु भएको छ। महेन्द्रनगरको पुष्पाञ्जली होटलको पाचौँ तलाबाट खसेर भीमदत्त नगरपालिका  वडा नम्बर ४ भासीका २२ वर्षीय अजय चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले साथीहरुसंग मदिरा सेवन गरेका चौधरीको पाँच तलाबाट खसेर मृत्यु भएको दिनेश खबरलाई बताए। चौधरीको सोमबार साँझ मृत्यु भएको हो।  उनको शव परिक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस