कैलालीमा बञ्चरो प्रहार गरी छिमेकीको हत्या
कैलालीको टीकापुरमा बञ्चरो प्रहार गरी एकजनाको हत्या गरिएको छ। टीकापुर नगरपालिका वडा नम्बर ५ मनिकापुरमा आज दिउँसो छिमेकीले बञ्चरो प्रहार गरी एकजनाको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले ३२ वर्षीय मोतिराम चौधरीले छिमेकी २८ वर्षीय खुसीराम चौधरीकाे टाउकोमा वञ्चरो प्रहार गरेको बताए।
चौधरीलाई तत्काल उपचारका लागि टीकापुर अस्पताल पु¥याईएको भएपनि बचाउन नसकिएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए। बञ्चरो प्रहार गर्ने खुसीराम फरार छन्। खुसीरामले घरमा झगडा गरिरहेका बेला सम्झाउन खोज्दा मोतिरामलाई वञ्चरो प्रहार गरेको बुझिएको प्रहरीले जनाएको छ। उनी लागु पदार्थ सेवन कर्ता समेत रहेको प्रहरीको भनाई छ।