कैलालीमा माछा मार्ने क्रममा नदीमा डुबेर एकजना वेपत्ता
कैलालीमा माछा मार्ने क्रममा नदीमा डुबेर एकजना वेपत्ता भएका छन्। जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ९ पायल गाउँमा मोहना नदीमा डुबेर एकजना वेपत्ता भएको प्रहरीले जनाएको छ। वेपत्ता हुनेमा सोही ठाउँका २५ वर्षीय रामु हुड्के रहेको कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। प्रहरी नीरिक्षकको नेतृत्वमा खटिएको छ सदस्यीय टोलीले उनको खोजी गरिरहेको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए।