धनगढीमा आगलागी
धनगढीमा एक स्थानीयको गोठमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १० घुईयाघाटका भामता रानाको गोठ भित्र राखेको परालमा आगलागी भएको प्रहरीले जनाएको छ।
स्थानीय, प्रहरी र उपमहानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले बताए।
आगलागीबाट मानवीय क्षती नभएपनि पराल र काठले बनाएको गोठ जलेको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए।