सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्र प्रहरीद्वारा बाटो निर्माण

२०७५ जेठ १८, ११:३४

सशस्त्र प्रहरीले सामाजिक कार्यअन्तर्गत शैल्यशिखर नगरपालिका–१ बारिलमा रहेको लटिनाथ आधारभूत विद्यालयसम्म जाने ५०० मिटर बाटो निर्माण गरेको छ। चमेलिया जलविद्युत् आयोजनाको सुरक्षा गर्न स्थापना भएको सशस्त्र प्रहरी बल नेपालले विद्यार्थीका लागि ५०० मिटर बाटो निर्माण गरेको छ। बारिल गाउँभन्दा ५०० मिटर माथि रहेको उक्त विद्यालयसम्म जाने बाटो भत्केको तथा निकै साँघुरो भएका कारण सानासाना विद्यार्थीलाई हिँडडुल गर्न समस्या भएको थियो। सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि, महिला र विद्यालयका शिक्षक एकजुट भएर बिहीबार उक्त बाटोलाई फराकिलो पार्नुका साथै विद्यार्थीलाई सहजै हिँडडुल गर्नसक्ने गरी निर्माण गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, दार्चुलाका गुल्मपति अम्बिकाप्रसाद जोशीले जानकारी दिए। सशस्त्र प्रहरी बल, चमेलिया जलविद्युत् आयोजना सुरक्षा वेसबाट सशस्त्र प्रहरी नायब उपरीक्षक श्याममणि ढकालको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटिएर ५०० मिटर बाटो निर्माण गरेको हो। बाटो निर्माण भएसँगै सो विद्यालयका शिक्षक, विद्यार्थी, तथा अभिभावकलाई हिँडडुल गर्न सहज भएको छ । 
 

कमेन्ट लोड गर्नुस