सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी डोजर आक्रमण : घाइते भएकी गौरी जोशीलाई भारत लगियो

२०७६ कार्तिक ८, ०२:११ खबर संवाददाता

बैतडी डोजर आक्रमणमा घाइते भएकी गौरी जोशीलाई थप उपचारका लागि भारत लगिएको छ। नेपालगञ्जमा सीटीस्क्यान गरेर घर फर्काउने क्रममा महेन्द्रनगरमा अचानक बेहोस भएपछि भारत लगेको गौरीका श्रीमान जगदीश जोशीले बताए। दशरथ चन्द नगरपालिका–९ ग्वाल्लेकमा मोटरबाटो बनाउने विषयमा दुई गाउँबीच कुरा मिलेको थिएन। देहीमाडौंबासीले जबरजस्ती गर्न खोजेपछि ग्वाल्लेकबासी विरोधमा उत्रिएका थिए।

डोजर चालक केशव बोहोराले जबरजस्ती गर्दै बाटो खन्न थालेपछि प्रतिवादमा उत्रिएकी जोशी बकेटले हानेर सख्त घाइते भएकी थिइन्। जोशीको टाउको र ढाडमा गम्भीर चोट लागेको र अवस्था अहिले पनि चिन्ताजनक रहेको उनका श्रीमानले बताएका छन्। डोजर चालक केशव बोहोरालाई प्रहरीले भोलिपल्टै नियन्त्रणमा लिई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ। जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान पनि भइरहेको छ। ज्यान मार्न उक्साएको आरोपमा डोजर मालिक भवानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध पनि मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस