सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्राफिक चापको विकल्पमा बनेको धनगढी चक्रपथमा ठुला सवारीसाधन चल्दैनन्

२०७६ कार्तिक ७, ११:५० कमल सावद

धनगढी मुख्य बजारको ट्राफिक चापलाई व्यवस्थित गर्न निर्माण भएको धनगढी चक्रपथमा ठुला सवारीसाधन सञ्चालनमा आएका छैनन्। धनगढीको बढ्दो ट्राफिक चापलाई व्यवस्थापन गर्न विकल्पमा सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाईले चक्रपथ निर्माण गरेको थियो। तर अहिले सम्म उक्त चक्रपथमा ठुला सवारीसाधनका लागि प्रयोग हुन सकेको छैन्।

भारवाहन सवारीसाधन अहिले पनि मुख्य बजारको सडक र निर्माणधिन मोहनापुल–अत्तरिया सडक खण्डबाटै  ओहोरदोहोर गर्दै आएका छन्। त्रिनगरदेखि राजपुरसम्मको ९ किलोमिटर चक्रपथ माथि होचो गरी तानिएका  विद्युत, केवल र टेलिफोनका तारले पनि समस्या भएको छ।

धनगढी बजारको पश्चिम बाहिरी क्षेत्रबाट चत्रपथ निर्माण सम्पन्न भएको छ। भारतसंग सिमाना जोडिएको त्रिनगर नाकादेखि राजपुर चोकसम्मको ९ किलोमिटर चक्रपथले जोडेको छ। बजारमा बढ्दै गएको सवारी चापलाई कम गर्न निर्माण गरिएको चक्रपथको अहिले प्रयोग नभएको हो।

कैलाली भन्सारबाट बाहिरिने ठुला सवारीका साधनलाई चत्रपथ हुदै बाहिरिने व्यवस्था मिलाउन सकेमा मोहनापुल–अत्तरिया छ लेन सडकमा समेत आवजातवमा हुने सास्ती कम हुने विश्वास गरिएको छ। धनगढी बैयाबेहडीका मुकुन्द सिँहले ठुला सवारीका कारण धनगढी बजारमा सवारी सञ्चालन गर्न समस्या भएको बताए। ठुला सवारी सडकमा फस्दै आएका कारण चक्रपथ प्रयोग गर्नुपर्ने उनले बताए।

धनगढीको त्रिनगर भन्सारको प्रहरी चेकपोष्ट नजिक चक्रपथमा विद्युतको तारका कारण सवारी सञ्चालनमा समस्या भएको छ। अन्य क्षेत्रमा पनि घरमा प्रयोग भएका विद्युत, टेलिफोन र केवलका तारहरुले सवारी सञ्चालनमा समस्या भएको छ। ठुला सवारीलाई बढि घुमाउरो भएकाले पनि समस्या भएको बताइएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख सरोजकुमार ठकुराठीले तारका कारण चक्रपथमा ठुला सवारी सञ्चालनमा समस्या भएको बताए। ‘ट्राफिकबाट कुनै समस्या छैन्।’ उनले भने, विद्युत, टेलिफोन तथा केवलका तारका कारण ठुला गाडी चक्रपथमा सञ्चालन गर्न सकिएको छैन्।

धनगढी बजारको ट्राफिक व्यवस्थापनका लागि नै चक्रपथ निर्माण भएको हो। तर प्रयोग गर्न पाइएको छैन्।’ विद्युत, टेलिफोन र केवलका तार तथा बढी घुमाउरो भएका कारण सवारी सञ्चालनमा चुनौति देखिएको बताईएको छ। तर व्यवस्थीत विद्युतीकरणका लागि भने प्रयास भएको छैन्।

नेपाल विद्युत प्राधिकरण धनगढी  वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले सडकले समन्वय नगरेको बताए। उनले कुन क्षेत्रमा सवारी सञ्चालनका लागि समस्या देखिएको छ। सम्बन्धीत निकायसँग सहकार्य गर्ने बताए।

चक्रपथ निर्माण भएपनि सबै सवारीको चाप बजार क्षेत्रको सडक र मोहनापुल अत्तरिया ६ लेन सडकमा भईरहेको छ। ठूला सवारी साधनहरु बेला–बेला ती सडकमा फस्ने गरेको छन्। जसले घण्टौ सम्म आवतजावत रोकिने गरेको छ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस