सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा डोजर आक्रमणः छानबिन समिति घटनास्थलमा

२०७६ कार्तिक ६, ०५:१९ खबर संवाददाता

बैतडीमा डोजर मार्फत स्थानीयमाथि आक्रमण गरिएको घटनाको छानबिन गर्न गठन भएको समिति घटनास्थल पुगेको छ। बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीको संयोजकत्वमा गठित ५ सदस्यीय छानविन समिति बुधबार दशरथचन्द नगरपालिका वडा नम्वर ९ ग्वाल्लेक पुगेको हो।

जिल्ला प्रशासन कार्यालय बैतडीले मंगलवार मात्रै घटनाको छानविनका लागि ५ सदस्यीय समिति गठन गरेको थियो। समितिले छानबिन गरी ४८ घण्टाभित्र प्रतिबेदन बुझाउने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए। उनले छानविन समितिले प्रतिवेदन बुझाएपछि दोषीलाई कारवाहीको दायरमा ल्याउने बताए।

सोमबार स्थानीयले सडक निर्माणका क्रममा बिरोध गरेपछि डोजर चालक किशोर बोहोराले स्थानीयमाथि डोजर चलाएका थिए। प्रहरीले उनलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिसकेको छ। डोजर आक्रमणबाट स्थानीय गौरा जोशी लगायत ८ जना घाईते भएका थिए।

कमेन्ट लोड गर्नुस