सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाई ८ सय ३१ थान कपडा दान

२०७६ कार्तिक ३, ०५:२३ खबर संवाददाता

धनगढीको कपडा बैंकलाई ८ सय ३१ थान कपडा दान गरिएको छ। उप–महानगरपालिकाको वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई ८ सय ३१ थान कपडा दान गरिएको हो। पछिल्लो एक हप्ताको अवधीमा धनगढीका विभिन्न स्थानहरु बाट एक सय ७१ थान कपडा संकलन गरिएको हो भने ६ सय ६० थान कपडा कैलालीका विभिन्न स्थानबाट बैंकमै पुगेर दान गरिएको हो।

शनिबार मात्र कपडा संकलन गर्न धनगढीका विभिन्न स्थानमा पुगेको गाडी मार्फत रामबहादुर शाही, हेमराज ओझा, रामबहादुर बम र दामोदर पाण्डेयले कपडा दान गरेका छन्। यस्तै एक हप्ताको अवधीमा बैंकमा नै पुगेर भण्डारी सप्लायर्सका विवेक भण्डारी सहित रोहित भट्ट, मुकुन्दराज पन्त, प्रतिम अग्रवाल, शारदा शाह, ज्ञानु शाह, पुष्पा उपाध्याय, तर्कराज उपाध्याय, टेकराज ओझा, निर्मला ओझा आयुष खतिवडा, डम्मरी ओझा, शान्ती भट्ट र विष्णु ओझाले कपडा दान गरेका छन्।

कपडा संकलनका लागि प्रत्येक शनिवार विहान ८ बजेदेखि १० बजे सम्म ट्राफिक चौराह, क्याम्पस चौक र एलएनचौकमा पनि गाडीहरु राखिदै आईएको छ भने प्रत्येक दिन विहान ८ देखि १० र साँझ ४ देखि ६ बजे सम्म बैंक समेत खुला रहने गरेको बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताईन। संकलन भएका कपडाहरु बैंक मार्फत निशुल्क वितरण गरिदै आईएको छ।

 

 

कमेन्ट लोड गर्नुस