सेती अस्पतालमा कार्यरत डाक्टर शाहको निधन
सेती अस्पतालमा कार्यरत डाक्टर प्रणयजंग शाहको निधन भएको छ। बाल रोग बिशेषज्ञ डाक्टर शाहको काठमाडौँमा उपचारका क्रममा निधन भएको हो। विदामा चितवन गएको समयमा एक्कासी बेहोस भएपछि उनलाई उपचारका लागि चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो।
थप उपचारका लागि मेडिसिटी अस्पताल काठामडौँमा भर्ना लगिएकोमा सोही अस्पतामा उपचारका क्रममा उनको निधन भएको सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले बताए। उनले हृदयघात भएको हो वा अन्य कुनै कारणले बहोस भन्ने विषयमा एकिन जानकारी प्राप्त नभएको बताए।
सेती प्रादेशिक अस्पतालका अनुसार शाहको निमोनिया बिग्रिएपछि मल्टिपल अर्गान फेल भएका कारण मृत्यु भएको हो।
३४ बर्षीय डाक्टर शाह दुई बर्षदेखि सेती अस्पतारमा कार्यरत थिए। सुरुमा ज्यालादारीमा काम गर्दै आएका उनी केही समय यता करारमा कार्यरत थिए। शाहको परिवार काठमाडौँ बस्दै आएको छ।
यस्तै डाक्टर शाहको निधन भएपछि सेती प्रादेशिक अस्पतालले आज शोक सभा गरेको छ। डाक्टर शाह र अस्पतालमै कार्यरत एम्बुलेन्स चालक खामवहादुर विष्टको सम्झनामा शोक सभा गरिएको हो। एम्बुलेन्स चालक विष्टको पनि केही दिन अगाडी झाडापखलाका कारण निधन भएको थियो।
यसअघि निमोनिया बिग्रिएपछि मल्टिपल अर्गान फेल भएका कारण डाक्टर शाहको मृत्यु भएको हो हुनुपर्नेमा अन्यथा भएकोमा सच्याईएको छ।