कैलाली जिल्ला खेलकुद विकास समितीको अध्यक्षमा बाबुराजा श्रेष्ठ
कैलाली जिल्ला खेलकुद विकास समितीको अध्यक्षमा बाबुराजा श्रेष्ठलाई नियुक्त गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्ले आज उनलाई अध्यक्षमा नियुक्त गरेको हो। उनी खेलकुद विकास समितिका निवर्तमान उपाध्यक्ष पनि हुन् भने क्रिकेट संघ कैलालीका पनि उपाध्यक्ष हुन्।
श्रेष्ठ राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य पनि हुन्। अध्यक्षको जिम्मेवारी पाएपछि दिनेश खवरलाई प्रतिक्रीया दिदै अध्यक्ष श्रेष्ठले खेलकुदको विकासका लागि कार्ययोजना बनाएर अगाडी बढ्ने बताए।