सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बालिका बेचबिखन गर्न खाेज्ने स्वयमसेविका सहित तीन जना पक्राउ

२०७६ असोज २९, ०८:४६ खबर संवाददाता

कैलालीमा बालिका बेचबिखन गर्न खाेजेकाे आरोपमा स्वयमसेवीका सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको चुरे गाँउपालिमा सहजपुरबाट उनीहरुलाई पक्राउ गरिएको फल्टुडे प्रहरीले जनाएको छ। चुरे गाँउपालिका वडा नम्बर ६ गजारकी स्वयमसेवीका कल्पन्ना भनिने कलावती बोहरा, डोटीको शिखर नगरपालिका वडा नम्बर ३ का पदम ताम्राकार र डम्बरी ताम्राकारलाई फल्टुडे प्रहरीले पक्राउ गरेको प्रहरी निरिक्षक माधव विश्वकर्माले बताए। 
उनीहरुले चुरे गाँउपालिका वडा नम्बर ६ की  १३ वर्षिया बालिकालाई बिवाहको बहानामा बेच्न खोजेको आरोप लागेको छ। सहजपुरबाट पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको प्रहरी निरिक्षक विश्वकर्माले बताए। 

 

कमेन्ट लोड गर्नुस