सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा नक्कली धानको बिउले झण्डै ढाई करोडको क्षती

२०७६ असोज २९, ०६:१२ कमल सावद

कैलाली र कञ्चनपुरमा उत्पादन नदिएको गरिमा धानको बीउका कारण झण्डै ढाई करोडको क्षती भएको छ। प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पूर्ण तथ्याङक नआएपनि नौ सय ५२ जना किसानको दुई करोड ४० लाखको क्षती भएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माले दुई सय ७२ हेक्टरमा लगाएको गरिमा धानको बीउले उत्पादन नदिएको प्राम्भिक अध्ययनबाट देखिएको बताए। उनले एकिन क्षतीको विवरण संकलन हुन बाँकी भएपनि झण्डै दुई करोड ४० लाख बढिको क्षती भएको देखिएको बताए। मन्त्रालय मातहतको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीको संयोजकत्वमा तथ्याङक संकलनका लागि समिति गठन भएको थियो। समितिले तथ्याङक मन्त्रालयमा अझै नबुझाएको समेत मन्त्रालयका प्रवक्ता शर्माले बताए।

तर लमही दाङको सनराईज एग्रीकल्चर रिसर्च सेन्टर प्रालिले एग्रोभेटहरुलाई विक्रि गरेको गरिमा धानको बीउले उत्पादन नदिएको खुलेको छ। भारतको हैदरावादबाट गरिमा धानको बीउ आयात गरिएको समेत पाइएको छ। प्रदेश सरकारले तथ्याङक संकलनको काम पूर्ण गरे संघिय कृषि मन्त्रालयमा क्षतीपूतीका लागि सिफारीस गर्ने जनाएको छ। संघीय कृषि मन्त्रालय मातहतले क्षतीपुर्तीका लागि सनराईज एग्रीकल्चर प्रालिलाई निर्देशन दिने छ भने क्षतीपुर्ती नदिए कानूनी कारबाही हुने प्रवक्ता शर्माले बताए।

यता निर्देशनालयका प्रमुख जोशीले क्षतीको विवरण संकलनको कार्य अन्तिम चरणमा पुगेको बताए। उनले अहिले सम्म २ सय ७२ हेक्टरमा लगाएको धानमा बाला नलागेको देखिएको बताउँदै अझै किसानहरुबाट गुनासो आउने क्रम जारी रहेको बताए। उनले गरिमा धानको बिउ २०७२ सलामा नेपाल सरकारले नै प्रमाणीत गरिसकेको जानकारी दिए। कैलाली र कञ्चनपुरमा सबैभन्दा बढि किसान एग्रोभेटले उक्त विउ विक्री गरेको छ भने सोही एग्रोभेटबाट खरिद गर्दै अन्य ग्रामिण क्षेत्रका एग्रोभेटले पनि बिक्री गरेका छन्। विगतमा उत्पादन राम्रो दिएकोले यो बर्ष धेरै किसानले सोही धान लगाएका थिए।

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस