डोटी जिप दुर्घटनाः मृत्यु हुनेको संख्या ४ पुग्यो
अपडेट
डोटीको बोगटान गाउँपालिकामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ। घाईते मध्येकी एकजना कमला ताम्राकारको उपचारका लागी अस्पताल लैजादै गर्दा बाटौमै मृत्युभएको जल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख किसन सिंह थापाले बताए। यसअघि जिल्लाको बोगटान गाउँपालिका वडा नम्वर ६ पलाडी भन्ने स्थानमा से १ ज ८७७ नम्वरको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो। जीप साहु भक्त द्वारिया, चालक रामबहादुर बिक र यात्रु ईन्द्रा देवी रावतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। १२ जना घाईतको भने उद्धार जारी प्रहरी प्रमुख थापाले बताए। घाईते हुनेमा अछामको मंगलसेन नगरपालीकाकी लालमती थापा र उनका छोरा छत्र थापा, बोगटान गाउँपालिका वडा नम्वर ६ का नर बहादुर ताम्राकार, काली देवी चन्द, मान बहादुर चन्द, २ वर्षिय वालक विज्ञान ताम्राकार, महा सिंह चन्द, उदयसिंह चन्द, दल बहादुर चन्द, राजुदेवि ताम्राकार, रमेश ताम्राकार, र हर्क ताम्राकार रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दुर्घटना हुने जस्तो ठाँउ नभएप्नि चालकको लापरवाहीले दुर्घटना भएको स्थानीयले बताएका छन्।