सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

२०७५ जेठ १४, ०५:००

डोटीको बोगटान गाउँपालिकामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ । बोगटान गाउपालिका वडा नम्वर ६ पलाडी भन्ने स्थानमा से १ ज ८७७ नम्वरको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको हो ।

 दिपायलबाट बोगटान गईरहेको शैलेश्वरी यातायातको जिप पलाडीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटना स्थल तर्फ प्रहरी चौकी चवराचौताराको टोली गईरहेको ईन्चार्ज प्रहरी सहायक निरीक्षक नरायण वडुले जानकारी दिए । चवराचौताराबाट पलाडी पुग्न चार घण्टा लाग्ने गरेको छ । 

तस्वीरः उमेश जेठाराको फेसबुक बाट।

कमेन्ट लोड गर्नुस