धनगढीको कैलपाल स्टोरमा छापा, ३९ हजारको सामान सहित एक जना पक्राउ
धनगढीको कैलपाल स्टोरमा प्रहरीले छापा हानेको छ। वडा नम्वर ४ मा रहेको स्टोरको गोदाममा छापा हान्दै प्रहरीले ३९ हजार ७ सय २५ मूल्यका विभिन्न खाद्य सामाग्री बरामद गरिएको छ। भन्सार छलेर भित्र्याईएका खाद्य सामाग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार मसुरको दाल एक सय ७५ किलो, नरिवल २५ किलो, सुर्ती ३० पोका, टफी ८० पोका, डोरी ७ रोल, आन्टी सुपारी ३० पोका, चिनी २५ किलो र राज्मा दाल ५० किलो बरामद गरिएको हो।
यस्तै गोदाम हेर्ने जिम्मेवारी पाएका महेश भट्टलाई प्रहरीले पक्राउ गरि आवश्यक अनुसन्धानका लागि कैलाली भन्सार कार्यालय पठाईएको छ।