सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेल्प फर ह्याप्पीनेसका सदस्य अग्रवालले दृष्टि फाउण्डेसनमा जन्मदिन मनाईन

२०७६ असोज २७, ०४:१५ खबर संवाददाता

सामाजिक कार्यमा सक्रिय युवाहरुको समूह हेल्प फर ह्याप्पीनेस ग्रुपको आपतकालिन असहाय कोष उप–समिति सदस्य प्रियंका अग्रवालले धनगढीको दृष्टि फाउण्डेसनमा जन्मदिन मनाएकी छन्। ग्रुपकी समेत सदस्य रहेका अग्रवालले जन्म दिनको अवसरमा दृष्टि फाउण्डेसनले आश्रय दिएका असहाय एवं मनोरोगीहरुको सहयोगार्थ खाद्यान्न लगायतका समाग्री हस्तान्तरण गर्दै आफ्नो जन्म दिन मनाएका हुन्।

 

अग्रवालले फाउण्डेसनमा आश्रीतहरुका लागि चामल, दाल, तेल, नुन, पिठो, मसलाहरु, कोलकेट, ब्रस, चिनी , चियापती लगायतका समाग्री फाउण्डेसनकी सञ्चालक कल्पना भट्टलाई हस्तान्तरण गरिन्। जन्मोत्सव कार्यक्रमा हेल्प फर ह्याप्पीनेसका सुदूरपश्चिम संयोजक घनश्यम भण्डारी, आर्थिक समिति संयोजक केशव पौडेल, उप समिति संयोजक अभिलासा भण्डारी लगायतका ग्रुपमा आवद्ध अन्य सदस्यहरुको पनि सहभागिता रहेको थियो।

 

 

कमेन्ट लोड गर्नुस