सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा बाबाको हत्यामा संलग्न रहेको आरोपमा तीन किशोर पक्राउ

२०७६ असोज २७, १२:०४ खबर संवाददाता

डडेल्धुरामा बाबाको हत्यामा संलग्न भएको आरोपमा तीन किशोरलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराले कुटीमा मृत भेटिएका बाबा उमाशंकर गिरीको हत्यामा संलग्न भएको आशंकामा दुईजना १४ वर्षीय र एकजना १६ वर्षीय किशोरलाई पक्राउ गरिएको जनाएको छ।

डडेल्धुराका  प्रमुख प्रहरी नायव उपरिक्षक दधीराम न्यौपानेले उनीहरुलाई डडेल्धुरा र बैतडीको सिमाना क्षेत्रमा लुकेर बसेका बेला आईतबार पक्राउ गरी हिरासतमा राखिएको बताए। उनले प्रारम्भीक अनुसन्धानबाट गिरीको ढुङ्गा प्रहार गरी हत्या भएको खुलेको बताउँदै संलग्न भएको आशंकामा पक्राउ गरी अनुसन्धान भईरहेको बताए। जिल्लाको अमरगढी अमरगढी नगरपालिका वडा नम्बर ६ भजनेउटा स्थित कुटीमा वस्दै आएका अन्दाजी ७५–७६ वर्षीय बाबा उमाशंकर गिरी गत बुधबार साँझ मृत भेटिएका थिए। 
 

कमेन्ट लोड गर्नुस