महोत्सवको पूर्व सन्ध्यामा धनगढीमा कलस यात्रा (फाेटाे फिचर)
धनगढीमा रामकृष्णलीला ज्ञान महोत्सवको पूर्व सन्ध्यामा कलस यात्रा निकालिएको छ।
मानस सांस्कृतिक समाजले धनगढीको मोहना नदी देखि महोत्सव स्थल खुल्ला मञ्चसम्म कलस यात्राको आयोजना गरेको हो।
रामकृष्णलीला ज्ञान महोत्सव कार्तिक ८ गते सम्म सञ्चालन हुने समाजका अध्यक्ष आदित्य जोशीले बताए। लोप हुँदै गएको धर्म, संस्कृति बचाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ।
महोत्सवको अवधिभर नौ दिन रामलिला र चार दिन कृष्ण लिलाको नाटक प्रस्तुत गरिने छ। बेलुकी साढे छ बजेबाट ११ बजेसम्म महोत्सव सञ्चालन गरिने छ।
२०७६ असोज २६, ११:४०
कमेन्ट लोड गर्नुस