सुदूर नेपाललाई विश्वसँग जोड्दै

महोत्सवको पूर्व सन्ध्यामा धनगढीमा कलस यात्रा

२०७६ असोज २६, ०९:४२ खबर संवाददाता

 धनगढीमा रामकृष्णलीला ज्ञान महोत्सवको पूर्व सन्ध्यामा कलस यात्रा निकालिएको छ। मानस सांस्कृतिक समाजले धनगढीको मोहना नदी देखि महोत्सव स्थल खुल्ला मञ्चसम्म कलस यात्राको आयोजना गरेको हो।

रामकृष्णलीला ज्ञान महोत्सव कार्तिक ८ गते सम्म सञ्चालन हुने समाजका अध्यक्ष आदित्य जोशीले बताए। लोप हुँदै गएको धर्म, संस्कृति बचाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ। महोत्सवको अवधिभर नौ दिन रामलिला र चार दिन कृष्ण लिलाको नाटक प्रस्तुत गरिने छ। बेलुकी साढे छ बजेबाट ११ बजेसम्म महोत्सव सञ्चालन गरिने छ। महोत्सव अवधिभर सुदूरपश्चिम प्रदेशका विभिन्न सांस्कृतिक नाच प्रस्तुतिसंगै नाटक पनि प्रदर्शन गरिने छ। नाटकका पात्रहरु स्थानीय नै रहने तथा रामायण र कृष्णको नाटकलाई नेपाली भाषामा प्रस्तुत गरिने आयोजकले जनाएको छ। धार्मिक महोत्सवमा २० लाख खर्च हुने अनुमान गरिएको छ। महोत्सवमा प्रवेश निःशूल्क रहेको आयोजकले जनाएको छ।

कमेन्ट लोड गर्नुस