धनगढीको बोराडाँडीमा रामलिला महोत्सव सुरु
धनगढीको बोराडाँडीमा रामलिला महोत्सव सुरु भएको छ। शिवगौरी भगवती मन्दिर विकास समितीको आयोजनामा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को भगवती टोलमा हिजोदेखि रामलिला महोत्सव सुरु भएको हो। महोत्सव उद्घाटन समारोहका प्रमुख अतिथि सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी रहेका थिए।
कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष दिपक थापा र वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशी विशिष्ठ अतिथि रहेका थिए। कार्यक्रम संयोजक भुवनराज शर्माको सभापतित्वमा भएको कार्यक्रम सिद्धराज पनेरुले संचालन गरेका थिए। रामलिला महोत्सव कार्तिक ८ गते सम्म सञ्चालन हुनेछ।