कैलालीको लिक्मामा चतुर्दशी दशैँ मेला
कैलालीको लिक्मामा आज चतुर्दशी दशैँ मेला लागेको छ। बडा दशैंको अवसरमा हरेक बर्षझै यसवर्ष पनि आज लिक्मामा चर्तुदशी दशैं मेला सुरु भएको हो।मेलामा दुर्गा भवानीको पुजा आराधना गरी रांगोको बली दिने गरिन्छ।
डोटीको बोगटान पुख्र्यौली घर भएर हाल कैलालीको मसुरियामा बासोबास गर्दै आएकाहरुले मेला लगउदै आएका छन्। मेला भर्न कैलाली सहित डोटी, कञ्चनपुर र बदिर्याबाट पनि दर्शनाथी लिक्मा पुग्ने गर्छन्। मेलाका अवसरमा बली दिईने रागोलाई स्थानीयका घर–घरमा पु¥याएर पुजा गर्ने चलन छ भने राँगोलाई परम्परागत भोस्सो नाँच सहित बली दिइने लिक्मा मेला व्यवस्थापन समितिका अध्यक्ष गोपाल कललेले बताए।