धनगढीमा ब्राउन सुगर सहित एक महिला पक्राउ
धनगढीमा ब्राउन सुगर सहित एक महिला पक्राउ परेकी छिन्। धनगढी उप–महानगरपालिका वडा नम्वर २ स्थित त्रिनगर भन्सारमा खटिईएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आई रहेको अवस्थामा चेक जाच एक महिलालाई पक्राउ परेको हो।
वडा नम्बर ६ घर वडा नम्वर ७ मा डेरा कोठा गरी बस्ने बर्ष २४ कि कौशिल्ला चौधरी स्वारलाई शरिरमा लुकाई छिपाई राखेको अवस्थामा तीन ग्राम ६ सय ६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।