डडेल्धुरामा एक बाबा मृत भेटिए, हत्याको आशंका
डडेल्धुरामा एकजना बाबा मृत भेटिएका छन्। जिल्लाको अमरगढी अमरगढी नगरपालिका वडा नम्बर ६ भजनेउटा स्थित कुटीमा वस्दै आएका अन्दाजी ७५–७६ वर्षीय बाबा उमाशंकर गिरी बुधबार साँझ मृत भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराले मृतकको ढुङ्गा प्रहार भएको देखिएकाले हत्याको आशंका व्यक्त गरेको छ।
स्थानीय समेत हत्याको आशंका गर्दै घटनाको गम्भीर रुपमा अनुसन्धान गर्न माग गरेका छन्। प्रहरीले घटनामा कुकुरको समेत प्रयोग गरिएको तर कुनै कुरा पत्ता लाग्न नसकेको जनाएको छ। उमाशंकर झण्डै ५० वर्षदेखि डडेल्धुरामै बस्दै आएका थिए। घटनाको अनुसन्धान जारी रहेको डडेल्धुरा प्रहरीले जनाएको छ।