सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा दृष्टी दिवस मनाईयो

२०७६ असोज २३, ११:१४ खबर संवाददाता

धनगढीमा बिश्व दृष्टी दिवस मनाईएको छ। नेपाल नेत्रज्योती संघ जिल्ला शाखा कैलालीको आयोजनामा बिश्व दृष्टी दिवस मनाईएको हो।

कार्यक्रमको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले खानपान र जिवनशैलीका कारण आँखाको ज्योती गुम्ने किसिमका रोगको संक्रमण बढेको बताए। आँखा सम्वेदनशिल अंग हो, मुख्यमन्त्री भट्टले भने, यसको सुरक्षाका लागि सरसफाई र खानपानमा ख्याल राख्नुपर्छ। धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले आफु धनगढीलाई मोतिया बिन्दु रहित नगर बनाउनका लागि लागिपरेको बताए।

धनगढी नेत्रालयले ९ वटा आँखा शिविर संचालन गरिसकेका छ। जसमा ८ हजार ५ सय ५५ जनाको आँखा परिक्षण गरिनुको साथै २ हजार ६ सय ८१ जनालाई निशुल्क चस्मा वितरण गरिएको छ भने एक हजार १४ जनाको आँखाको निशुल्क सल्यक्रिया समेत गरिएको छ। नवजिवन सहकारीका अध्यक्ष तथा चक्रबहादुर सिंह नेपाल नेत्रज्वती संघका कार्यबाहक अध्यक्ष यज्ञ चौधरी लगायतले आँखाको महत्वका बिषयमा धारणा राखेका थिए।

कमेन्ट लोड गर्नुस