सुदूर नेपाललाई विश्वसँग जोड्दै

कामका लागि विदेशीएका सुदूरपश्चिमेलीको धनगढीमा हुने भेलाको तयारी अन्तिम चरणमा

फाईल फोटो
फाईल फोटो
२०७६ असोज २३, ०७:०२ खबर संवाददाता

कामका लागि विदेशीएका सुदूरपश्चिमेलीहरुको धनगढीमा हुने भेलाको तयारी अन्तिम चरणमा पुगेको छ। भोली अर्थात असोज २४ गतेदेखि हुने अन्तराष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजको दोश्रो अधिवेसनका लागि सुदूरपश्चिमेली युवाहरु धनगढीमा आउने क्रम पनि सुरु भईसकेको छ।

विभिन्न देशमा रहेका सुदूरपश्चिमेली समाजको छाता संगठनका रुपमा रहेको अन्तराष्ट्रिय समाजको दोश्रो माहाधिवेसन तथा सम्मेलनका लागि धनगढीमा आउने क्रम सुरु भईसकेको हो। महाधिवेसनले नयाँ नेतृत्व चयन गर्ने छ। 

समाजका गतिविधिका विषयमा पनि सम्मेलनमा छलफल हुने समाजका महासचिव अमृत शाहीले बताए। महाधिवेशनकै अबसर पारेर समाजका गतिविधि र प्रवासीका भावना समेट्ने गरी तयार पारिएको सुदूरपश्चिम दर्पण नामक पुस्तक पनि विमोचन गर्ने कार्यक्रम रहेको उनले बताए।

भेलामा सुदुरपश्चिमको हितका लागि आ–आफ्नो क्षेत्रबाट गर्न सकिने सहयोग र प्रयासका बिषयमा छलफल गरिने भने बिकासको प्रचुर संम्भावनाका बोकेको क्षेत्र हुँदाहुदै पनि देशका अन्य क्षेत्र भन्दा पछाडी परेको सुदूरपश्चिमको बिकास र उत्थानका लागि प्रवासी सुदूरपश्चिमेलीहरुले खेल्न सक्ने भुमिका, बैदेशिक रोजगार र बिकल्प लगायतका बिभिन्न बिषयमा छलफल हुने छ।

झण्डै तीन बर्ष अगाडी सामाजिक संजाल मार्फत सुदूरपश्चिमको हितका लागि स्थापना गरिएको समाजको पहिलो भेला दुई बर्ष अगाडी धनगढीमै भएको थियो। समाजमा विश्वका करिब ४० भन्दा बढि राष्ट्रमा रहेका सुदूरपश्चिमेलीहरु युवाहरुको आबद्धता रहेको छ।

कमेन्ट लोड गर्नुस