सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली कारागारमा दशैँ टिका लगाउनेको दिनभर घुईचो

२०७६ असोज २१, ०६:२८ खबर संवाददाता

घरपरिवार वा सार्वजनिक जीवनमा मात्र नभई बन्दी जीवनमा समेत दशैँको उल्लासमा कमी भएन्। कैलालीमा जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुले पनि उल्लासका साथ दशैँ मनाएका छन्। उनिहरुले आज मात्रै होईन दशैँ सुरु भएको घटस्थापनाको दिनदेखी विभीन्न खेलकुद प्रतियोगीता गर्दै खसी काटेर दशैँ मनाएका छन्।

कैलाली कारागारमा आज दिनभर कैदीबन्दीहरुलाई टिका लगाउने र कैदीवन्दीबाट टिका तथा जमरा ग्रहरण गर्नेहरुको पनि भिड थियो। कैलाली कारागारको आन्तरिक प्रशासनको संयोजन र नेपाल प्रहरीको सुरक्षा घेरामा बिहान १० बजेदेखी साँझ ५ बजेसम्म टिका थाप्नेगरी जिल्ला कारागार कैलालीमा कैदीबन्दीहरुका पनि ब्यवस्था गरिएको थियो।

जानेर वा अन्जानमा गरीएको अपराधको सजाय काटीरहेकाहरु कारागार भित्र नभई घरमै दशैँ मनाउदैछन की जस्तो माहोल पनि बनाईएको थियो। ‘कतिपय कैदीबन्दीका परिवार चाडबाडमा भेटघाट गर्न आएर टिका लगाए त आफन्त नआएका कैदीबन्दीहरुलाई पनि कारगार भित्रकै ज्येष्ठ कैदीबन्दीले टिका लगाएर हर्षाैउल्लासका साथ दशैँ मनाएका छन्,’ जिल्ला कारागार कैलालीका निमित्त जेलर टेकवहादुर किमाडीले भने, ‘सरकारले प्रदान गर्ने दशैं खर्च प्रति कैदीबन्दी तीन सय रुपैया पनि दिएको थियो।’ 

‘कैदीबन्दीले पनि दशैँ मनाउनका लागी सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिएर कैदीहरुलाई केहि छुट दिईएको थियो। अन्य बेलामा भन्दा भेटघाट, थप सहज पारिएको थियो।’ उनले भने। कारागारका कैदीबन्दीहरुले विभीन्न संघ सस्थाहरुको सहयोग र कैदीबन्दीबाटै रकम संकलन गरेर खेलकुद कार्यक्रमको आयोजना गर्दै साताव्यापी रुपमा दशैँ मनाएको कैलालीका कारगाकारका कैदीहरुमा नाईके गगन धामीले बताए। 

कारागार भित्रै सास्कृतीक कार्यक्रमको पनि आयोजना गरिएको उनले बताए। कारागार भित्रै ५ खसी र चार बोका काटीएका छन भने सामुहीक भोज कार्यक्रमको पनि आयोजना गरिएको उनले बताए। हाल कैलाली कारगारमा ५ सय ३ जना कैदीबन्दीहरुमा रहेका छन्। उनिहरुले संगै बस्दाबस्दै भित्र पनि  परिवारको माहोल बनाईसकेका छन्।

विभिन्न अपराध गरेको अभियोगमा दोषी पाइएपछि बन्दी जीवन भोगिरहेका र अदालतमा मुद्दा विचाराधीन रहेका थुनुवाका आफन्तलाई छोटो समयका लागि भेटघाट गर्न दिने चलन छ। आफुले गरेको अपराधलाई स्वीकार्दै सभ्य नागरीक बन्नका लागी कैद जिवन बिताईरकाहरुलाई दशैँमा कुनै पनि किसीमको एक्लोपन नहोस भनेर विभीन्न कार्यक्रम गरीएको हो। 
 

कमेन्ट लोड गर्नुस